लुम्बिनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय रुपन्देही

भैरहवा, रुपन्देही

  • रुपन्देही  जिल्लाको संक्षिप्त परिचयः

नेपालको लुम्विनी प्रदेश अन्तरगतका १२ जिल्लाहरु मध्ये रुपन्देही जिल्ला शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित जिल्ला हो । ८३o १२”१६” देखि ८३o ३८” १६” पूर्वी देशान्तर र २७o २०” ००” देखि २७o४७”२५” उत्तरी अक्षांशमा रहेको यो जिल्ला १३६० वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस जिल्लाको पूर्वमा नवलपरासी(पश्चिम), पश्चिममा कपिलवस्तु, उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ । समुद्र सतहबाट १०० मिटर देखि १२२९ मिटरको उचाईमा रहेको यस जिल्लालाई चुरे क्षेत्र, भावर क्षेत्र र तराई/मधेस गरी ३ भौगोलिक क्षेत्रहरुमा विभाजन गर्न सकिन्छ । २०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या ११२१९५७ रहेको छ जसमध्ये ५५०४७८ पुरुष र ५७१४७९ महिला छन ।

 प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ५ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १० रहेको छ। संघिय संरचना अनुसार रूपन्देही जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर  १ उपमहानगरपालिका  ५ नगरपालिका र १० वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएको छ ।

ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थानहरु, औद्योगिक तथा प्राविधिक क्षेत्रहरु, कृषि, वातावरण तथा जैविक विविधतायुक्त आर्थिक तथा पर्यटकीय महत्वका क्षेत्रहरु रहेको यस जिल्लाको नामाकरणको संवन्धमा भगवान गौतम बुद्धसंग जोडिएको छ । राजा शुद्धोधनको रानी, कोलिया राजकन्या रुपादेवी थिइन । शाक्यहरु र कोलियहरुको आवतजावत गर्दा विश्राम स्थलको रुपमा रहेको वगैचाको नाम यीनै रानीको नामवाट रुपादेवी राखियो । कालान्तरमा उक्त शब्द अपभ्रम्स हुदै रुम्विनी देई, रुमिनी देई हुदै लुम्बिनी र यसैबाट रुपन्देही जिल्लाको नाम रहेको जनविश्वास रहि आएको छ । यसरी वनेको लुम्बिनी गाँउ आज पनि दक्षिण पश्चिम रुपन्देहीमा अवस्थित छ ।

नेपालको संबिधान २०७२ द्बारा निर्दिष्ट गरिएको नेपाली नागरिकहरुको मौलिक हक र अधिकारको रुपमा रहेको आधारभुत स्वास्थ्य तथा सरसफाईको अधिकारको सुनिश्चित गर्ने जिम्मेवारी स्थानिय सरकारलाई सुम्पिएता पनि हरेक नागरिकको मौलिक अधिकारको रुपमा रहेको आधारभुत स्वास्थ्यको सुनिश्चितताको लागि यस स्वास्थ्य कार्यालयले समन्वय गर्ने गरी स्थानीय स्वास्थ्य शाखा, स्वास्थ्य संस्थाहरु, गाँउ घर क्लिनिक तथा खोप क्लिनिकहरुबाट स्वास्थ्य सेवाहरु प्रदान भैरहेको छ।

कार्यालयको काम ,कर्तब्य र अधिकारः 

यस कार्यालयवाट स्वास्थ्य क्षेत्र संग सम्वन्धित विभिन्न कार्यक्रमहरु संचालन गरिदै आएको छ । जिल्ला भित्र हुने स्वास्थ्य सरोकारित विषयहरुमा यस कार्यालयले समन्वय,सहकार्य गर्दै आएको छ । संघीय शसर्तका कार्यक्रमहरु जस्तै परिवार नियोजन वालस्वास्थ्य तथा नियमित खोप कार्यक्रमको संचालन प्रदेश स्तरिय स्वास्थ्य कार्यक्रमहरुको संचालन र स्वास्थ्य सेवा विभाग एवं स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशवाट प्राप्त निर्देशन अनुसार स्वास्थ्य सम्वन्धी क्षेत्रका वहु आयामिक कार्यहरु यस कार्यालयले सम्पादन गर्दै आएकोछ । यस कार्यालयका महत्वपूर्ण उदेश्यहरु तथा कार्यहरु साथै कर्तव्य र अधिकारलाई संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ ।

  • स्वास्थ्य सेवा तथा पोषण सम्बन्धी प्रादेशिक नीति, कानुन, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमनमा सहयोग गर्ने ।
  • जिल्ला स्तरमा आवश्यक पर्ने प्रर्वद्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक तथा पुर्नस्थापनात्मक स्वास्थ्य सेवाको व्यवस्थापन
  • स्वास्थ्यसेवा सम्वन्धी जिल्ला स्तरिय व्यवसायिक र पेसागत संघ संस्थाको नियमन र अनुगमन गर्ने
  • जिल्ला भित्र स्वास्थ्य सेवाको गुणस्तर निर्धारण, अनुगमन र नियमन
  • जिल्ला भित्र स्वास्थ्य क्षेत्रको मानवस्रोत विकास र व्यवस्थापन
  • खोप सेवा संचालनको तोकिएका खोप केन्द्रहरुवाट खोप सेवा संचालनका लागि भ्याक्सिन वितरण र कोल्डचेन ब्यवस्थानप
  • परिवार नियोजन सेवा अस्थाई साधन आपूर्ती तथा भण्डारण
  • परिवार नियोजन सेवा स्थाई बन्ध्याकरण शिविर संचालन
  • सुरक्षित मातृत्व सम्वन्धि कार्यक्रम संचालन र सेवा प्रदान एवं यसै संग सम्वन्धित कार्यक्रमहरुको अनुमगन नियमन गर्ने
  • वाल स्वास्थ्य तथा पोषण संग सम्वन्धित कार्यक्रम संचालन अनुगमन रेखदेख तथा नियमन
  • औषधी तथा अन्य स्वास्थ्य सामग्री खरिद तथा आपूर्ति तथा HIMS/LMIS तथा विभिन्न फारमहरुको आपूर्ती भण्डारण तथा वितरण
  • जिल्ला भित्र जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)
  • स्वास्थ्य प्रदायक संस्था फर्म तथा नर्सिङ होमको अनुमगन नविकरण तथा नियमन गर्ने
  • स्वास्थ्य क्षेत्रमा आपत्कालीन अवस्था, विपद् र महामारी व्यवस्थापन, आकस्मिक स्वास्थ्य सेवा प्रवाह, आपतकालीन अवस्थाका लागि औषधी तथा औषधीजन्य सामग्रीको प्रादेशिक बफरस्टक व्यवस्थापन
  • सरूवा तथा नसर्ने रोग नियन्त्रण तथा रोकथाम
  • खानेपानी परिक्षण तथा शुद्दिकरणका कार्यक्रम संचालन गर्ने ।
  • जनस्वास्थ्य सम्वन्धी जिल्ला भित्रका कार्यक्रम संचालनको लागि प्रदेश तथा निर्देशनालयहरुमा समन्वय गर्ने